वैशालीबाट कसरी लिच्छविहरू मञ्जुपट्टन आइपुगे र सौमरहरूलाई जितेर नयाँ राज्यको स्थापना गरे ? यस प्रश्नमा अनेकौँ उपन्यास लेखिन सक्छन् । तिनै लेखिनुपर्ने अनेकौं उपन्यासमध्ये एउटा उपन्यास हो, इथा, जसको केन्द्रमा छन् तीन महिला- साहस, विद्रोह र विनम्रताका प्रतीक ।
युद्ध, प्रेम र प्रताडनाको आँधीसँग जुध्दै र आफ्ना सपना जोगाउँदै उनीहरू गङ्गाको मैदानबाट उकालो चढ्छन् । उनीहरूसँग हुन्छन् स्वतन्त्रताका अपरिमित चाहना र प्रतिज्ञा । अन्ततः तिनै प्रतिज्ञाले उनीहरूलाई एउटा निर्णय गर्नैपर्ने बिन्दुमा पुयाउँछन् र मञ्जुपट्टनमा राज्य विप्लव हुन्छ । त्यसैको जगबाट जन्मिन्छ, लिच्छविहरूको नयाँ राज्य ।
करिब दुई हजार चार सय वर्षअघिका इतिहास, कथा र किंवदन्तीलाई बुनेर लेखिएको यो एउटा अलौकिक उपन्यास हो । र हो, महिला स्वतन्त्रता र स्वाभिमानको सशक्त घोषणापत्र ।
Your review helps others make informed decisions
Click on a star to start your review