Delivery in 1-3 days
यस उपन्यास दैलेखी माटोका अलिखित नारी हृदयका तथ्यपरक जीवन भोगाइको वास्तविक कथा हो । जातीय, वर्गीय तथा लैङ्गिक, अहङ्कार, अज्ञान, अन्धविश्वास, अभाव, अनिकाल र अन्यायमा परेकाहरूको वृत्तान्त हो । यसरी पात्रहरू जीवन्त छन् । परिवेश जस्ताको त्यस्तै उतारिएको पाइन्छ ।
हटारु उपन्यास पश्चिम नेपाली मूलतः दैलेखको भाषामा, दैलेखी संस्कृतिको लोकक(था)लात्मक प्रस्तुति छ । नेपाली भाषा र नेपाली थरहरूको उद्गमस्थल बहुसंस्कृतियुक्त दैलेखमा बिस्तारै लोप हुँदो गएको संस्कृति र सभ्यतालाई यसमा मीठो–मसिनोसँग आख्यानीकरण गरिएको छ । ऐतिहासिक, सामाजिकता, नारीकेन्द्री प्रगतिशीलताको चास्नीमा डुबाइएको हटारुले हरेक पाठकको जिब्रोदेखि मन–मस्तिष्कमा स्थायी बास गर्नेछ ।
Your review helps others make informed decisions
Click on a star to start your review