Delivery in 1-3 days
विचित्रको लोकतन्त्र : गजबको निर्वाचन परिपक्व लोकतन्त्रको भित्री संरचना, शक्ति-सन्तुलन, प्रविधि, पैसा र जनमतबीचको जटिल अन्तरसम्बन्धलाई आत्मअनुभूति र विश्लेषणात्मक दृष्टिबाट केलाइएको गहिरो कृति हो । सन् २०२४ को अमेरिकी राष्ट्रपति निर्वाचनको प्रत्यक्ष अवलोकनका आधारमा लेखकले लोकतन्त्रलाई केवल मतपेटिका र परिणामको सीमित दायरामा होइन, इतिहास, विचार, संस्थागत संरचना, राजनीतिक संस्कार र नागरिक चेतनाको समग्र परिप्रेक्ष्यमा हेर्ने प्रयास गरेका छन् ।
यो पुस्तक अवलोकन प्रतिवेदन मात्र होइन; अमेरिकी निर्वाचन प्रणाली, इलेक्टोरल कलेज, दुई दलीय वर्चस्व, चुनावी खर्च, प्रविधिको प्रयोग, मतदाताको मनोविज्ञान, स्विङ्ग स्टेट्सको राजनीति र डिजिटल युगका चुनौतीहरूबारे गहन विमर्श हो । साथै, भारत, थाइल्याण्ड, भुटान, युरोप, अष्ट्रेलिया तथा अफ्रिकी मुलुकहरूको अभ्याससँग तुलना गर्दै लेखकले लोकतन्त्रका शक्ति र विरोधाभास दुवै उजागर गरेका छन् ।
लोकतन्त्रप्रति विश्वास, प्रश्न र पुनर्चिन्तनको संगम बनेको यो कृतिले नेपालजस्ता विकासशील लोकतन्त्रलाई संस्थागत सुदृढीकरण र निर्वाचन सुधारतर्फ नयाँ दृष्टि दिन्छ । लोकतन्त्रलाई जीवित चेतनाको रूपमा बुझ्न चाहने तथा निर्वाचनलाई आवधिक रूपमा हेर्न चाहने प्रत्येक पाठकका लागि यो पुस्तक एक विचार - यात्रा हो ।
Your review helps others make informed decisions
Click on a star to start your review