Delivery in 1-3 days
नेपाली लघुकथा क्षेत्रको उन्नयनमा लागिपरेका स्रष्टाहरूमध्ये डा. कुसुमाकर शर्मा गौतम एक हुन्। पूर्वी रुकुमको रुकुमकोटमा जन्मिए पनि क्यानाडाको एडमन्टन शहरलाई कर्म क्षेत्र बनाएका डा. गौतम पानी प्रशोधन विशेषज्ञ हुन् । विज्ञान र प्रविधि क्षेत्रका विशेषज्ञ हुँदाहुँदै पनि नेपाली साहित्यप्रतिको अनुराग र लगन अनुकरणीय छ । नेपाली लघुकथा क्षेत्रमा साह्रै रुचाइएको लघुकथासङ्ग्रह 'हिउँको राप' उनको पहिलो कृति हो । उनी नयाँ विषय र नयाँ सोचका साथ यस अविश्रान्त लघुकथासङ्ग्रहमा आएका छन् ।
Your review helps others make informed decisions
Click on a star to start your review