E-book

Rs 195

Paperback

Book Hill

Rs 557

Delivery in 1-3 days

'असहमति' मा समाविष्ट बहुसंख्यक लेखहरूमा गणतन्त्रकालपछिको नेपालमा चलेका केही उत्ताउला र आधारविनाका बहसमाथि सौरभका असहमतिहरू छन्। समाजमा अति सरल रुपमा लिइन थालेका विषयलाई ऐतिहासिक, दार्शनिक, सांस्कृतिक कोणबाट चर्को बहसमा उतार्नु सौरभको लेखनीको खुबी देखिन्छ। झ्ाण्डाको जीववैज्ञानिक आयाम, 'आधिकारिक पोशाक' बारे, तीज बहिष्कार?, अमान्य संज्ञा 'आदिवासी', अनादिवासी खस!, 'आपत्तिजनक सम्झ्ाौता' प्रति, नभएको 'किराँतकाल', फिरंगी मिथक 'नसकटापुर', अनुचित 'बालाजु बिक्री' बारे शीर्षकका लेख नेपाली समाजमा चर्को बहस र विवाद सिर्जना गर्ने सामर्थ्य राख्छन्। तर, उनका लेख बौद्धिक पाठकलाई समेत सजिलै मथ्न मुश्किल पर्छ।

पछिल्लो बाहिरी पृष्ठबाट

स्थापित मान्यतामाथि फरक मत इतिहासको व्याख्यामाथि प्रश्न नियतनिर्मित भाष्यको खण्डन नेपाली समाजको अपव्याख्याप्रति रोष र,नेपाली सभ्यताको बोध यी सबैको सङ्गालो हो - असहमति ।

यथेष्ट सूचना, गहन विश्लेषण, विषयको विविधता, स्थापित हुन प्रयासरत भाष्यका प्रभावको विवेचना समेटिएको यो पुस्तक मूलतः पछिल्ला दुई दशकमा चर्चित नेपाली सामाजिक-राजनीतिक डिस्कोर्सप्रतिको विमति पनि हो ।

All Editions

9789937934237
Paperback
ISBN13: 9789937934237
Book Hill, 2019
9789937857666
Paperback
ISBN13: 9789937857666
Orchid Books, 2014

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review

Reader Reviews

5.0
BG
Binod Ghimire
January 11, 2026

BA
Basanta Acharya
December 12, 2025