सञ्जय विष्टको जन्म लाब्दा बस्ती, मङ्पू, दार्जिलिङमा सन् १९६८ मा भएको हो ।
कथाकारका रूपमा ख्याति कमाइसकेका सञ्जय विष्ट केही समयदेखि भारतीय राजनीतिमा पनि सक्रिय छन् । उनी भारतीय जनता पार्टीको दार्जिलिङ जिल्लाका महासचिव पनि हुन् ।
‘शब्दान्त’ (१९९३) उनको पहिलो कथासङ्ग्रह हो । यसपछि उनको ‘अस्ताचलतिर’ (२००७), ‘जुन जस्तै घाम’ (२०१५) कथासङ्ग्रह प्रकाशित छन् ।
सञ्जय विष्टले माटाको घरको लागि वि.स. २०७९को मदन पुरस्कार को लागि मनोनयन पाएका छन्।
Sanjaya Bista has also been nominated for Madan Puraskar for Matako Ghar in 2079 BS.