Nabin Bibash

Nabin Bibash

नवीन विभास

नवीन विभास नेपाली साहित्यका एक कवि, कथाकार तथा निबन्धकार हुन् ।
नवीन विभासको जन्म वि.सं. २०३६ साल मङ्सिर २९ गते राङ्कोट गाविस वडा नं.– ७, जैपा, रोल्पामा भएको हो । उनको खास नाम किरण पुन हो ।
विशेष गरी विपन्न र समाजको नेपथ्यमा छेकिएका मानिसहरूका कथालाई कविता, निबन्ध तथा कथाका माध्यमबाट प्रस्तुत गर्न माहिर नवीन विभास युद्ध साहित्य लेखनमा क्रियाशील छन् । राजनीतिक द्धन्द्धको परिवेश, भोगाइ र असरहरूलाई कथ्यमा उतार्ने प्रयासमा नवीन विभासले मानवजीवनका दैनन्दिनी समातेर सम्वेदनशील र चिन्तनीय कथाहरू लेख्न सिपालु छन् ।

नवीन विभासले रोल्पा सुइनाको लागि वि.स. २०७३को Padmashree Sahitya Puraskar को लागि मनोनयन पाएका छन्।

Nabin Bibash has also been nominated for Padmashree Sahitya Puraskar for Rolpa Suina in 2073 BS.

Books Authored by Nabin Bibash

Award Nominations