Dr. Naba Raj Lamsal

Dr. Naba Raj Lamsal

डा. नवराज लम्साल

समकालीन नेपाली साहित्यका प्रतिनिधि कवि तथा गीतकार र नेपाली सञ्चार क्षेत्रका अग्रणी व्यक्ति हुन्, डा. नवराज लम्साल । रेडियो नेपाल तथा बीबीसी नेपाली सेवासँग जोडिएको उनको लामो इतिहास छ । साहित्यकार हुनुको शिल्पले सञ्चारको क्षेत्रमा उनको उपस्थितिलाई जति अर्थपूर्ण र बहुविध बनाएको छ, सञ्चारको ज्ञान र शिल्पले साहित्य लेखनमा पनि त्यति नै तीव्र आलोचनात्मक चेत बढाएको पाइन्छ । निकै सुस्त र सेलाउनै लागेजस्तो नेपाली महाकाव्य विधालाई चलायमान बनाउने उनको यो योगदानलाई बौद्धिक, तार्किक र वस्तुनिष्ठ मानिन्छ ।

नवराज लम्साल 'कर्ण' र 'धरा' महाकाव्य, ३ कवितासङ्ग्रह र २ गीतसङ्ग्रह का सर्जक हुन्।

डा. नवराज लम्सालले अग्निको लागि वि.स. २०७९को Jasundhara Rastriya Chhanda Puraskar, अग्निको लागि वि.स. २०७९को CHISAP Rajkrishna-Mayadevi Sahitya Puraskar, अग्निको लागि वि.स. २०७९को Lalbandi Nagar Wangmaya Parishad Bhasha tatha Sahitya Puraskar र अग्निको लागि वि.स. २०७८को मदन पुरस्कार प्राप्त गरेका छन्।

Dr. Naba Raj Lamsal has won Jasundhara Rastriya Chhanda Puraskar for Agni in 2079 BS, CHISAP Rajkrishna-Mayadevi Sahitya Puraskar for Agni in 2079 BS, Lalbandi Nagar Wangmaya Parishad Bhasha tatha Sahitya Puraskar for Agni in 2079 BS and Madan Puraskar for Agni in 2078 BS.

Books Authored by Dr. Naba Raj Lamsal

Awards Won