Laxman Prasad Gautam

Laxman Prasad Gautam

लक्ष्मणप्रसाद गौतम

आत्मविश्वासी, स्वाभिमानी र दृढ निश्चयी स्वभावका प्रा.डा.लक्ष्मणप्रसाद गौतम नेपाली साहित्यमा परिचित नाम हो । उत्कृष्ट र सुन्दर कृतिहरूसँग संवाद गर्न मन पराउने गौतमका समालोचनाहरू गहन र उत्कृष्ट कोटिका रहेका छन् । उहाँले हालसम्म १९ ओटा साहित्य समलोचनाका पुस्तकहरू प्रकाशन गराइसक्नुभएको छ । निबन्ध, कथा एवं कवितामा पनि उहाँको कलम चलेको हुन्छ । समलोचनाका विधि र पद्धतिहरू भए पनि वस्तुवादिता वा वस्तुगतता भित्र अनुसन्धान पद्धति अवलम्बन गरेर समलोचना लेखिनुपर्छ भन्ने मान्यता बोक्दै यस क्षेत्रमा उहाँको निरन्तर कलम चलेको छ ।

लक्ष्मणप्रसाद गौतमले समकालीन नेपाली कविताका प्रवृत्तिको लागि ई.स. २००९को INLS Best Book Award प्राप्त गरेका छन्।

Laxman Prasad Gautam has won the INLS Best Book Award for Samakalin Nepali Kavitako Pravritti in 2009 AD.

Books Authored by Laxman Prasad Gautam

Books Edited by Laxman Prasad Gautam

Awards Won