Krishna Chandra Singh Pradhan

Krishna Chandra Singh Pradhan

कृष्णचन्द्रसिंह प्रधान

कृष्णचन्द्रसिंह प्रधान नेपाली साहित्यका प्राज्ञ, समालोचक हुन् । उनको जन्म नुंछेँगल्ली, काठमाडौंमा वि.सं. १९८२ साल श्रावण ११ गते नागपञ्चमीका दिन भएको हो । वि.सं. २००८ सालमा भन्ज्याङनिर कवितासङ्ग्रह छपाएर देखापर्ने उनले पछिल्ला दिन आफूलाई निबन्ध र समालोचनामा केन्द्रित गरे । नेपाल प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ, लामो समय साझा प्रकाशनको महाप्रबन्धक रहेका प्रधानका कवि व्यथित र काव्य साधना वि.सं. २०१५ सालमा प्रकाशित कृति थियो । त्यसपछि वि.सं. २०२६ सालमा उनको सालिक निबन्धसंग्रह प्रकाशित भयो भने वि.सं. २०३६ सालमा नेपाली उपन्यास र उपन्यासकार नामक समालोचनात्मक ग्रन्थ प्रकाशित भयो । २०४० सालमा प्रधानको अर्को समीक्षात्मक कृति सिर्जनाको सेरोफेरो प्रकाशित भएको थियो । अनाम सत्य प्रधानको दोस्रो निबन्धसङ्ग्रह हो र यो वि.सं. ०४४ सालमा प्रकाशित भयो । वि.सं. २०४७ सालमा पाइलाः आगतमा टेकेर उनको अर्को निबन्ध-सङ्ग्रह प्रकाशित भयो । साथै उनका पछिल्ला निबन्धसङ्ग्रह वाग्मतीको हरक (वि.सं. २०५७), नफर्कने ती दिनहरू (वि.सं. २०५९), जीन्दगी टिपोटहरू (वि.सं. २०६३) र समय सुनामी (वि.सं. २०६३) हुन् ।

Krishna Chandra Singh Pradhan (1928–2010; 1982–2067 BS) was a famous litterateur and critic of Nepal. Pradhan's literary career has been recognized with prestigious awards like Madan Puraskar, Sajha Puraskar, which he won two times, and Uttam Puraskar.

कृष्णचन्द्रसिंह प्रधानले कवि व्यथित र काव्यसाधनाको लागि वि.स. २०१५को मदन पुरस्कार प्राप्त गरेका छन्।

Krishna Chandra Singh Pradhan has won the Madan Puraskar for Kabi Byathit ra Kabya Sadhana in 2015 BS.

Books Authored by Krishna Chandra Singh Pradhan

Awards Won